ADVERTISING

Breaking News

पारसको सम्मानमा जर्सी नम्बर ७७ प्रयोग नगरिने

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काको सम्मानमा उनको जर्सी नम्बर ७७ अब अन्य क्रिकेटरले प्रयोग नगर्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पारसको सम्मानमा यस्तो निर्णय गरेको हो। पूर्व कप्तान पारसले गत मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका थिए।

leave a reply