ADVERTISING

Breaking News

४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ । आयोगले वार्षिक आय ब्यय विववरण नबुझाउने र कानून पालना नगर्ने ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको हो ।

खारेज भएका राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यहरूबाट ५० हजार रूपैयाँ जरिवाना भराउने निर्णय समेत आयोगले गरेको छ । जरिवाना नबुझाउनेहरुलाई सरकारी बाँकी सरह असुल उपर गर्न समबन्धित निकायमा लेखेर पठाइएको छ ।

ती व्यक्तिहरु अब निर्वाचन आयोगमा दर्ता रहेका अरु राजनीतिक दलको पदाधिकारी र सदस्यसमेत बन्न नपाउने भएका छन् । ४१ वटा दलको दर्ता खारेज भएसँगै अब निर्वाचन आयोगमा ९५ वटा दल कानूनी अस्तित्वमा रहेका छन् ।

 

leave a reply