ADVERTISING

Breaking News

देउवालाई काबिल सहयोद्धा चयन गर्न नेपालको सुुझाव

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थान सुरक्षित राख्न ध्यान दिनुपर्ने बताएका छन । विश्व बाघ दिवसका अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले बाघको बासस्थानको सुरक्षा, चोरी निकासी, गैरकानूनी व्यापार नियन्त्रणका लागि ध्यान दिनुपर्ने बताए । बाघलाई संरक्षण गर्न सके नेपालमा पर्यटक वृद्धि हुने र स्थानीयले रोजगारसमेत पाउने प्रधानमन्त्री देउवाकोे भनाइ छ ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू प्रधानमन्त्री रहँदा प्रतिबद्ध टिम भएकाले प्रकृति संरक्षणको क्षेत्रमा गौरव गर्न लायक काम भएको भन्दै देउवालाई पनि काबिल सहयोद्धा चयन गर्न सुुझाव दिए । पूर्वमन्त्री दीपक बोहोराले नेपालको बाघ संरक्षणका लागि यसअघि भएका प्रयासहरुलाई निरन्तरता दिनुपर्ने बताए । नेपालले सन् २०१० लाई आधार वर्ष मानेर सन् २०२२ सम्ममा बाघको संख्या १ सय २१ बाट बढाएर २ सय ५० पु¥याउने लक्ष्य राखेकोमा अहिले बाघको संख्या २ सय ३५ पुगिसकेको छ । नेपालसहित विश्वका १३ देशमा मात्रै बाघ पाइन्छ ।

leave a reply