ADVERTISING

Breaking News

अर्थमन्त्रालयले माग्यो धतोपत्र बोर्डका अध्यक्ष ढुंगानासंग स्पष्टीकरण

काठमाडौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई अर्थमन्त्रालयले स्पष्टीकरण सोधेको छ । प्राथमिक निष्कासन हुन लागेको एक सिमेण्ट कम्पनीको शेयर आचारसंहिता र कानून विपरीत हात पारेको तथ्य सार्वजनिक भए पछि मन्त्रालयले ढुंगानालाई स्पष्टीकरण सोधेको हो । ढुंगानालाई तीन दिनभित्र तथ्यपरक विवरण पेश गर्न निर्देशन दिईएको छ । उनले बुक बिल्डिङ विधि मार्फत धितोपत्र निष्कासनको तयारी गरिरहेको सर्वोत्तम सिमेन्टको ११ हजार ९ सय ९२ कित्ता शेयर छोरी रेबिका ढुंगानाको नाममा राखेको तथ्य बाहिरिएको थियो । यसैगरी नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि स्वार्थ बाझिने गरी श्रीमतीको नाममा सो कम्पनीको शेयर राखेको तथ्य सार्बजनिक भएको छ ।

leave a reply