ADVERTISING

Breaking News

प्रधानमन्त्री देउवालाई चिनियाँ समकक्षी खछ्याङले दिए बधाई

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ समकक्षी ली खछ्याङले बधाई दिएका छन । प्रधानमन्त्री पदमा नियुक्त भएको दुई सातापछि देउवालाई चिनियाँ प्रधानमन्त्रीले बुधबार बधाई सन्देश पठाएका हुन । चिनियाँ प्रधानमन्त्रीले मिलेर काम गर्न इच्छुक रहेको बताएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गर्दै जानकारी दिएकी छन । प्रधानमन्त्री खछ्याङले आफ्ना समकक्षीसँग दुवै देशबीच रहेको रणनीतिक साझेदारी नयाँ उचाईमा पु¥याउन मिलेर काम गर्न चाहेको उल्लेख गरेका छन । चिनिया समाचार संस्था सिन्ह्वाले प्रधानमन्त्री खछ्याङले कोरोना महामारीको चुनौती पार गर्न, बीआरआई परियोजनाको प्रवर्द्धन, विभिन्न क्षेत्रमा पारस्परिक सहयोग विस्तार र दुई देशको रणनीतिक साझेदारीलाई निरन्तरता दिनको लागि मिलेर काम गर्ने अपेक्षा गरेको जनाएको छ ।

leave a reply