ADVERTISING

Breaking News

विश्व बाघ दिवस, बढदै गएको संरक्षणसँगै मानवीय क्षतिमा चुनौती

काठमाडौ । आज विश्व बाघ दिवस, बाघको अस्तित्व जगेर्ना गर्नु मानव समुदायकै दायित्व भन्ने सन्देशका साथ मनाइदैछ । दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नेपालमा पछिल्ला वर्ष बाघको सङ्ख्या बढेसँगै बाघको आक्रमणबाट मानिसको ज्यान जाने घटना पनि बढिरहेको छ । नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर पार्ने प्रतिबद्धता जनाएको छ । सन् २०२२ मा नेपालमा बाघको संख्या २ सय ५० बनाउने लक्ष्य छ । सन् २०१८ मा भएको गणनामा नेपालमा बाघको संख्या २ सय ३५ पुगिसकेको छ । बाघको सङ्ख्या बढिरहँदा बाघ पाइने संरक्षित क्षेत्र वरिपरि बाघको आक्रमणबाट हरेक वर्ष स्थानीय बासिन्दा पीडित हुने क्रम भने बढेको छ । गत वर्ष मात्र बर्दियामा राष्ट्रिय निकुञ्जकै एक जना कर्मचारीसहित १२ जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ । चितवनमा गत वर्ष पाँच जनाले ज्यान गुमाएका छन ।

leave a reply