ADVERTISING

Breaking News

मध्यपहाडी लोकमार्ग ठेक्काका योजना प्रमुख,इन्जिनियर सहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौ । मध्यपहाडी लोकमार्ग योजना निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन योजना प्रमुखसहित पाँच जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
अख्तियारले मध्यपहाडी लोकमार्ग योजना धुलिखेल कार्यालयका तत्कालिन योजना प्रमुख विजय चापागाईं, ठेकेदार रवि सिंहसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले तत्कालीन योजना प्रमुख चापागाईविरुद्ध ६८ लाख ९३ हजार ७७८ रुपैयाँ बिगो दाबी गर्दै आरोप पत्र दायर गरेको छ । त्यस्तै, तत्कालीन इन्जिनियर दीपक कुमार खड्का र तत्कालीन सव(इन्जिनियर गजेन्द्र प्रसाद राउतसँग सोही रकम बराबरको बिगो दाबी गरिएको छ । त्यस्तै, निर्माण व्यवसायी महासंघका अध्यक्ष तथा महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक रवि सिंहसँग ६८ लाख ९३ हजार ७७८ रुपैयाँ बिगो दाबी गर्दै आरोप पत्र दायर गरिएको छ । तत्कालीन लेखा अधिकृत दुर्ण प्रसाद फुयालसँग रु।२१ लाख ४९ हजार ८१८ रुपैयाँ बिगो दाबी गरिएको छ ।

उक्त ठेक्कामा निर्माणस्थलमा भएको कामको वास्तविक अवस्था उल्लेख नगरी भेरिएसन हुनपर्ने भन्दा फरक ब्यहोराको भेरिएसन पेश गरी, सार्वजनिक खरिद नियमावली अनुसार भेरिएसन नगराई, इष्टिमेट विपरीत बिना कुनै निर्णय फिल्डमा काम गरीरगराई, फिल्डमा भएको परिमाणभन्दा बढीको नापी किताब तयार पारी एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्‍काबाट एउटै प्रकृतिको काम इखभचबिउ गरी, एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्‍काबाट एउटै प्रकृतिको काम इखभचबिउ भई एउटा ठेक्‍काबाट म्एच् अनुसारको इष्टिमेट तयार भई भएको काम भ्बचतजधयचप को भुक्तानी भइसके पछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्‍काबाट काम गराई विल तयार पारी भुक्तानी लिनेरदिने गरिएको अख्तियारले जनाएको छ ।यसरी ६८ लाख ९३ हजार ७७८ रुपैयाँ हिनामिना तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको देखिन आएको अख्तियारको ठहर छ ।

leave a reply