ADVERTISING

Breaking News

इराकको बगदादमा बम विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु

इराकको राजधानी बगदादमा भएको बम विस्फोटनमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । बिस्फोटमा परेर दर्जनौँ घाइते भएका छन । सर्वसाधारण मुस्लिम पर्व इदको तयारी गरिरहँदा उत्तरी साड सहरको ब्यस्त स्थानमा विस्फोट भएको हो । सोमवारको आक्रमणमा मारिनेहरूमा महिला र बालबालिका पनि थिए । बिस्फोटलाई पछिल्लो छ महिनामा त्यहाँ भएको यो सबैभन्दा घातक मानिएको छ । केही पसलहरूमा आगलागी समेत भएको छ । विस्फोटको जिम्मा इस्लामिक स्टेट ‘आईएस’ समूहले लिएको छ । इराकी सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जीहादी समूहमाथि विजयी भएको घोषणा गरेको थियो । तर पनि गोप्य रूपमा केही सदस्यले सानातिना घटनाहरू गराउँदै आएका थिए । आइएसले अप्रिलमा चार जनाको मृत्यु हुने गरी कार बम हमला गरेको थियो । जनवरीमा आईएसले नै ३२ जनाको ज्यान जाने गरी गरिएको आक्रमणको पनि जिम्मा लिएको थियो ।

leave a reply