ADVERTISING

Breaking News

अर्जेन्टिना र कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

इक्वेडरमाथि सानदार जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज विहान भएको खेलमा इक्वेडरलाई ३–० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले अन्तिम चारको यात्रा तय गरेको हो । अर्जेन्टिनालाई जित दिलाउन रोड्रिगो डी पल, लौराटो मार्टिनेज र लियोनल मेस्सीले एक–एक गोल गरे । तीनै गोलमा मेस्सीको भुमिका रहेको थियो । मेस्सीको पासलाई सदुपयोग गर्दै ४०औं मिनेटमा पल र ८४ औं मिनेटमा मार्टिनेजले गोल गरेका हुन् । मेस्सीले ईन्जुरी समयमा फ्रिकिकमार्फत सुन्दर गोल गरे । अब अर्जेन्टिनाले फाईनल प्रवेशका लागि कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ । कोलम्बिया पनि आजै विहान भएको खेलमा उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै सेमिफाइनलमा पुगेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । यससँगै कोपा अमेरिकाको सेमिफाइनल समिकरण पूरा भएको छ । फाइनल प्रवेशका लागि सोमबार ब्राजिल र पेरु तथा मंगलवार अर्जेन्टिन र कोलम्बिया भिड्नेछन् ।

leave a reply