ADVERTISING

Breaking News

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी

काठमाडौं- काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी गरिएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञा सोमबार सकिँदैछ ।

निषेधाज्ञालाई थप खुकुलो बनाउने गरी छलफल भइरहे पनि सार्वजनिक यातायात भने खोल्न नदिइने भएको छ । कोरोना संक्रमण जुन अवस्थामा घट्छ भन्ने अपेक्षा गरिएको थियो त्यो अवस्थामा नघटेकाले निषेधाज्ञालाई जारी राखिने एक प्रमुख जिल्ला अधिकारीले बताएका छन् । उनका अनुसार यसबारेमा निर्णय गर्न आज उपत्यका भित्रका प्रजिअहरूको बैठक बस्दैछ । प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नु अगाडि जिल्लास्तरीय कोभिड नियन्त्रण समितिको बैठक बसेर संक्रमणको विश्लेषण गर्ने छ ।

सरकारले असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने बताइसकेको छ । निजी सवारी साधनहरू गत सातादेखि नै जोर बिजोर प्रणालीअनुसार सञ्चालन भइरहेका छन् भने कपडालगायत पसल पनि बारअनुसार खोल्न दिइएको छ । उपत्यकामा पछिल्लो पटक जारी निषेधाज्ञा भोलि राति १२ बजे सकिँदै छ ।

काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

leave a reply