ADVERTISING

Breaking News

प्रतिनिधि सभा विघटनसम्वन्धी मुद्दा हेर्दाहेर्दैमा, रिट निवेदकको बहस आइतवार

काठमाडौ । प्रतिनिधिसभा विघटनसम्वन्धी मुद्दामा आजको बहस सकिएको छ । रिट निवेदकतर्फका कानुन व्यवसायीलाई छुट्याइएको समय अब २ घण्टा ३५ मिनेट बाँकी रहेको बताइएको छ । रिट निवेदकका तर्फबाट शुक्रवार वरिष्ठ अधिवक्ताहरु श्रीहरि अर्याल, डा. दिनमणि पोखरेल, सुनिल पोखरेल, टिकाराम भट्टराई, मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका छन् । आजको बहस सुरु गर्दै बरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले राष्ट्रपति र प्रधानमन्त्रीको काम वदनियतपूर्ण देखिएको दावी गरे । उनले प्रधानमन्त्रीले संविधानको पालना गर्छु भनेर शपथ खाएको स्मरणसमेत गराए । राष्ट्रपतिले संसदमा जानका लागि बाटो फुकाइ दिनुपर्नेमा टिकट टाँसेको चिठी जसपा र प्रधानमन्त्रीले पठाएकोलाई आधार मानेर वदनियतपूर्ण निर्णय गरेको उनको भनाइ छ । संवैधानिक परिषद् र नागरिकता विधेयक ल्याउँदा पनि बदनियत राखिएको उनले जिकिर गरे । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले राष्ट्रपतिले सरकार निर्माणको विषयमा गरेको निर्णयमाथि न्यायीक पुनरावलोकन हुने बताए । उनले न्यायिक पुनरावलोकन हुँदैन भनेर राष्ट्रपति कार्यालयले पठाएको लिखित जवाफ गलत भएको पनि बताए । उनले दुई जनाको दाबी पर्दा दुवैको दाबी पुग्दैन भनेर निर्णय नगर्ने अधिकार राष्ट्रपतिलाई कहाँ छ भनेर प्रश्नसमेत गरे । राष्ट्रपतिले वदनियत राखेर एक जनालाई काखा र एक जनालाई पाखा गरेको उनको जिकिर थियो । रिट निवेदकको तर्फबाट आइतवार पनि बहस हुनेछ ।।

leave a reply