ADVERTISING

Breaking News

बोलिभियालाई हराउँदै उरुग्वे कोपा कपको क्वाटरफाइनलमा

पाराग्वेसँग चिली स्तब्ध

उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा बोलिभियालाई २–० गोल अन्तरले पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको हो । उरुग्वेको जितमा एडिन्सन काभानीले एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको ४० औं मिनेटमा बोलिभियाका कार्लोस लाम्पेको आत्मघाती गोलबाट उरुग्वेले सुरुवाती अग्रता बनाएको थियो । त्यसपछि खेलको ७९ औं मिनेटमा काभानीले गोल गर्दै उरुग्वेलाई २–० को जित दिलाए । यस जितसँगै उरुग्वेले ३ खेलमा ४ अंक जोडेको छ । समूह ए को उरुग्वे चौंथो स्थानमा रहेको छ । बोलिभिया अंक विहीन रहदै पुछारमा रहेको छ । बोलिभिया प्रतियोगिताबाट समेत बाहिरिएको छ । आज विहान भएको अर्को खेलमा पाराग्वेले चिलीलाई २–० गोल अन्तरले पराजित गरेको छ । पाराग्वेलाई जित दिलाउन सामु र मिगुएल अल्मिरोनले एक एक गोल गरे । खेलको ३३ औं मिनेटमा सामुले गोल गर्दै पाराग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५८ औं मिनेटमा मिगुएलले पेनाल्टीमा गोल गर्दै पाराग्वेलाई २–० को जित दिलाए । यस जितसँगै समूह ए को पाराग्वेले ३ खेलमा ६ अंक जोडेको छ । पाराग्वे समूहको दोस्रो स्थानमा उक्लिएको छ । पाराग्वे यस अघि नै क्वाटरफाइनलमा प्रवेश गरेको छ । चिलीले ४ खेलमा ५ अंक जोडेको छ । तेस्रो स्थानको चिलीले यस अघि नै क्वाटरफाइनलमा स्थान बनाईसकेको छ । पाराग्वेसँगको हारले चिली शीर्ष स्थानाम उक्लन असफल भएको छ ।

leave a reply