ADVERTISING

Breaking News

विपक्षीले नगरसभा विथोल्न खोजेपछि रौतहटको मौलापुरमा झडप

रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ । बिहीबार नगरसभालाई विथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले .स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन सेलअश्रुग्यास र १४ राउण्ड हवाय फायर गरेको छ । झडपका क्रममा सशस्त्र प्रहरीका दुई र नेपाल प्रहरीका पाँच गरी सात जना घाइते भएका छन् । मौलापुरको नगरसभामा एमाले नेता प्रभु साह प्रमुख अतिथिका रुपमा थिए । तनावका बीच मौलापुर नगरपालिकाले आफ्नो पाँचौ नगरसाभा भने सम्पन्न भएको घोषणा गरेको छ ।

leave a reply