ADVERTISING

Breaking News

अस्पतालबाट घर फर्के सत्यमोहन जोशी

काठमाडौ । वाङमय शताब्दी पुरूष सत्यमोहन जोशी अस्पतालबाट घर फर्केका छन् । जोशीको श्वास प्रश्वासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गडबडीका साथै रक्तचापमा कमी देखिएपछि जेठ २६ गते उनलाई ललितपुरको किष्ट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले शुक्रबार एक प्रेस विज्ञप्ति निकालेर जोशीको स्वास्थ्य अवस्था सामान्य भएकाले उनलाई शुक्रबार चिकित्सकको सल्लाहमा घर पठाइएको जानकारी दिएको छ । अस्पतालले जोशीको स्वास्थ्यमा सुधार भएर हिड्डुल गर्न थालेको, अस्पतालको बसाइको क्रममा खानपिन सामान्य नै रहनुका साथै स्वास्थ्य अवस्था सुधारात्मक भएकाले चिकित्सकको सल्लाह बमोजिम घर पठाइएको बताएको छ ।

leave a reply