एजेन्सी । सशक्त प्रदर्शनमा स्वीट्जरल्याण्डलाई तीन शुन्यले सहजै पराजित गर्दै इटली युरोपियन च्याम्पियन्सिपको नक आउट चरणमा प्रवेश गरेको छ। खेलको १९ औ मिनेटमा जियोर्जियो किलीनीले गोल गरे तर यो गोललाई भिएआरले मान्यता दिएन । २६ औ मिनेटमा डोमेनिक बेरार्डीको असिस्टमा म्यानुएल लोकाटोलीले गोल गरि इटलीलाई पहिले अग्रता दिलाए । दोस्रो हाफको ५२ औ मिनेटमा निकोलो बरेल्लाको पासमा म्यानुएल लोकाटोलीले व्यक्तिगत दोस्रो गोल गरे । यसपछि ८९ औ मिनेटमा चिरो इम्मोबिलेले रफायल टोलोइको सहयोगमा गोल गर्दा र इटली तीन शुन्यको सानदार जितमा सहित जारी युरोपियन च्याम्पियन्सिपको नक आउट चरणमा स्थान बनाउन सफल रहयो । यहि समूहको अर्को खेलमा वेल्सले टर्कीलाई दुई शुन्यले हरायो। वेल्सको जितमा ४२ औ मिनेटमा आरोन राम्सीले गोल गरे र वेल्सलाई अग्रता दिलाए। ६१ औ मिनेटमा गरेथ बेलले प्राप्त पेनाल्टी चुकाए भने इन्जुरी टाइममा बेलको पासमा कनर रोबर्टसले गोल गर्दा वेल्स दुई शुन्यको जित निकाल्न सफल रहयो। त्यसै गरी अर्को खेलमा फिनल्याण्डलाई एक शुन्य गोल अन्तरले हराउदै रसियाले पहिलो जित दर्ज गरेको छ । सेन्ट पिटर्सबर्गमा भएको खेलको चौथो मिनेटमा फिनल्याण्डकोलागि जोल पोहसनपालोले गोल गरे । तर भिएआरबाट यो गोलले मान्य भएन । पहिलो हाफको इन्जुरी समयमा घरेलु टोली रसियाले अग्रता बनायो । एलेक्से मिरान्चुकको लेफ्ट फुटेट सटले सही दिशा लियो र पहिलो हाफमा रसियाले एक शुन्यको अगाडि बढ्यो । यही गोल निर्णायक बन्दा, रसियाले एक शुन्यको जितमा दुई खेलबाट तीन अंक जोडेको छ। यसअघि पहिलो खेलमा रसिया बेल्जियमसँग तीन शुन्यले हारेको थियो। फिनल्याण्डले भने पहिलो खेलमा डेनमार्कलाई एक शुन्यले पराजित गरेको थियो ।।
स्वीट्जरल्याण्डलाई हराउँदै इटली युरोकपको नक आउट चरणमा
वेल्स र रसिया पनि विजयी
