डोटी- विगत केही दिनदेखि लगातार परेको वर्षातका कारण पहिरो खस्दा डोटीमा आज बिहान एक वृद्धको मृत्यु भएको छ भने दुई बालिका घाइते भएका छन् ।
मृत्यु हुनेमा केआइसिंह गाउँपालिका–३ बासुदेबी देउकाँडाका ६५ वर्षीय खडकबहादुर बम रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख दानबहादुर मल्लले बताए। गाउँको खानेपानी अवरुद्ध भएपछि मुहानमा पानी लिन गएकाबेला खिरणा खोलाको पहिरामा च्यापिएर उनको मृत्यु भएको स्थानीयवासी खगेन्द्र बडैलाले बताए।
उनका अनुसार खानेपानीको मुहान सफा गर्न गएका सो गाउँपालिका झिगावस्तीका १३ वर्षीया पुनी कुँवर र १६ वर्षीया पुजा कुँवर पहिरामा च्यापिएर घाइते भएका छन् । पुनीको हात भाँचिएको छ भने पुजाको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । घाइते दुवै जनालाई उपचारका लागि दिपायल ल्याउने तयारी भइरहेको छ ।