ADVERTISING

Breaking News

राजधानी राष्ट्रिय दैनिक पत्रिका २१औं वर्षमा प्रवेश

काठमाडौ- काठमाडौबाट प्रकाशन हुने राजधानी राष्ट्रिय दैनिक पत्रिका २१औं वर्षमा प्रवेश गरेको छ ।

२०५८ साथ जेठ २२ गतेबाट प्रकाशन सुरु गरेको राजधानी दैनिक पत्रिकाले निरन्तर लोकतन्त्र र विधिको शासनको पक्षमा कलम चलाउदै आएको छ । नेपाली सञ्चार जगतमा मूलधारको रूपमा स्थापित भएको यो पत्रिकाले मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत विभिन्न क्षेत्रमा समाचार र विचार आदि पस्कँदै आएको छ ।

वार्षिकोत्सवका अवसरमा मिडिया एलाइन्स नेपालका अध्यक्ष एवं एभिन्युज खबरका अध्यक्ष भाष्करराज राजकर्णिकारले राजधानी राष्ट्रिय दैनिकको उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गरेका छन ।

leave a reply