ADVERTISING

Breaking News

दाँतबाट रगत आउने समस्या छ ? यस्ता छन् घरेलु उपायहरु !

दाँत कीराले खानु, गिजा सुन्निनु, पाक्नु, पिप वा रगत आउनु, गिजा पाक्नु र दुख्नु आदि दाँतका समस्या हुन् । तपाईंले यो समस्यालाई सामान्य रूपमा लिनुभएको हुनसक्छ । त्यसो गर्दा समस्या झन् ठूलो हुनसक्छ । किनकि तपाईं पायरिया अर्थात् (दन्तहर्षा) रोगबाट पीडित हुनुहन्छ वा त्यो सम्भावना छ भन्ने कुरा बुझ्नुपर्छ । दाँतको मुख्य समस्यामा दाँतको सडन र पायरिया हो । यसलाई चलनचल्तीको भाषामा दन्तहर्षा भनिन्छ । सामान्यतया हरेकपटक खाना खाइसकेपछि मुख कुल्ला गर्ने बानी नहुँदा र राति सुत्नुअघि ब्रस नगर्दा सानो वा ठूलो जुनसुकै उमेरमा पनि यो समस्या निम्तिन सक्छ ।

दाँतबाट रगत आउने समस्याको यस्ता छन् घरेलु उपायहरु:

-फिटकिरी, सौफ, कालो मरिच, पिपल, अमला, सेतो नुन र सुपारीलाई समान मात्रामा मिलाई धुलो ९पाउडर० बनाई ब्रस गर्नाले दाँतबाट रगत आउन कम हुनका साथै दाँतसम्बन्धी सम्पूर्ण रोगविरूद्ध लड्न मद्दत मिल्छ ।

-तोरीको तेलमा अलिकति नुन र बेसार मिसाएर दाँत र गिजालाई औंलाले हल्का किसिमले सफा गर्ने ।

-नीमको पात पानीमा उमालेर कुला गर्दा पनि फाइदा हुन्छ ।

-दत्तिवनको १० ग्राम धूलोमा २५० मिलिलिटर पानी मिलाई ३र४ पटक मुख कुल्ला गर्नाले रगत बग्न कम हुन्छ ।

-बिहान- साँझ दिनमा २ पटक कागतीको रसले मुखमा हल्का मालिस गर्नाले लाभ मिल्दछ ।

-नागकेशर र रक्तचन्दनलाई समान मात्रामा मिलाई धुलो पाउडर बनाउनुहोस् । उक्त धुलोमा केही मात्रामा मह मिलाई दाँत माझ्नाले दाँतसम्बन्धी सम्पूर्ण रोग निको हुन्छ ।

leave a reply