ADVERTISING

Breaking News

घाँटी रेटिएको अवस्थामा दाजुभाइको शव फेला

वीरगञ्ज – बाराको कलैया उपमहानगरपालिकामा घाँटी रेटेर हत्या गरिएको अवस्थामा २ जना बालकको शव फेला परेको छ।

कलैया उपमहानगरपालिका ७ रंगपुर टोल बस्ने जफार अन्सारीका ८ वर्षका छोरा उस्मान र ५ वर्षका छोरा अमिनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। दुवैजना बालकको शव सोही स्थानमा निर्माणाधीन अवस्थामा रहेको मदर्साको भवनमा भेटिएको उनले बताए।

सोमबार साँझ खेल्न गएका दुवैजना बालक बेपत्ता भएका थिए। मंगलबार बिहान दुवै जनाको विभत्स शव गरिएको अवस्थामा शव भेटिएको मिश्रले बताए। घटनास्थलमा अहिले प्रहरी टोली पुगेको तथा थप अनुसन्धानको लागि महोत्तरीको बर्दिबासबाट तालिमप्राप्त कुकुरको टोली मगाइएको उनले बताए। उनीहरु दाजुभाइ हुन्।

leave a reply