काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। शनिबार बिहान ११ बजे बालुवाटारमा बस्ने गरी प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
समसामयिक राजनीतिक घटनाक्रम, कोरोना महामारीलगायत विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई सर्वदलीय बैठकमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।