ADVERTISING

Breaking News

अवैध रुपमा भइरहेका विज्ञापन नियमन र नियन्त्रण गरिने

काठमाडौ । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाँईले विज्ञापनको क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिहरुको अन्त्य गर्ने दाबी गरेका छन् । मंगलबार बबरमहलस्थित विज्ञापन बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष हुमागाँईले बोर्डको प्रमुख उद्देश्य विज्ञापन बजारको विस्तार गर्ने, विज्ञापन रहित नीतिको कार्यान्वयन र अवैध रुपमा विज्ञापन भइरहेका क्षेत्रहरुमा नियमन र नियन्त्रण गर्ने रहेको बताए । सरोकारवालाहरु सँग छलफल गर्दै नीति निर्धारण गर्ने र व्यवस्थित रुपमा सञ्चालन गर्ने उनको भनाई छ ।
अध्यक्ष हुमागाँईले लोककल्याणकारी विज्ञापनलाई बोर्डले व्यवस्थित बनाउने पनि बताए ।।

leave a reply