काठमाडौ । पछिल्लो २४ घन्टामा नेपालमा थप १४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ३१२२ जनामा मा पिसिआर परिक्षण गर्दा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ९८० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ६१२ पुगेको छ।