ADVERTISING

Breaking News

प्रजातन्त्र सुरक्षित रुपमा पुनर्स्थापित गर्छौं : म्यानमारका सैनिक प्रमुख

एजेन्सी : म्यानमारका सैनिक प्रमुखले प्रजातन्त्र सुरक्षित रुपमा पुनर्स्थापित गर्ने वाचा गरेका छन् ।

सैन्य प्रमुख जनरल मिन आङ लाइङले शनिबार राष्ट्रिय टेलिभिजन मार्फत सम्बोधन गरि चुनावमार्फत प्रजातन्त्र स्थापना गराउने घोषणा गरेका हुन् ।

चुनाव घोषणा गराउने घोषणा गरेपनि चुनावको मिति भने सैन्य प्रमुखले घोषणा गरेका छैनन् ।

सैनिक दिवसको अवसर पारेर शनिबार राष्ट्रिय टेलिभिजन मार्फत सम्बोधन गरि सैनिक जनरल मिनले प्रजातन्त्र पुर्नस्र्थापनाका लागि सम्पूर्ण देशबासीसँग हात मिलाउन चाहेको बताएका हुन् ।

माग पूरा गर्नका लागि गरिने स्थायित्व र सुरक्षामा जोखिम ल्याउने खालका गतिविधि स्वीकार्य नभएको चेतावनी सैन्य प्रमुखले दिएका छन् ।

म्यानमारमा सेनाले फेब्रुअरी एकमा निर्वाचित सत्ता हत्याएर शक्ति हातमा लिएको थियो । सैन्य कू को विरोधमा त्यस यता निरन्तर प्रदर्शन भैरहेको छ । प्रदर्शनका क्रममा हालसम्म ३ सय २० जनाको मृत्यु भैसकेको छ ।

leave a reply