ADVERTISING

Breaking News

संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त गर्न ओलीलाई विदेशीले साथ: प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बिसौँ वर्षदेखि विदेशीले हुर्काएको आरोप लगाएका छन् । आइतबार पार्टीे केन्द्रीय कार्यालय पेरिसडाँडामा दलित मुक्ति मोर्चाद्वारा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न एमाले अध्यक्ष ओलीलाई विदेशीले साथ दिएको आरोप लगाए ।
अध्यक्ष दाहालले देशभित्र र देश बाहिरका गणतन्त्र विरोधीहरुले संविधानलाई निस्तेज पार्न ओलीललाई प्रयोग गरिरहेको बताए । संविधान र गणतन्त्र सिध्याउन सक्ने पहाडिया उच्च जातीय अहंकारवादको प्रतिनिधि ओली भएको उनको आरोप छ । ओली विदेशीको अगाडि सजिलै लम्पसार गर्न सक्ने पनि दाहालको दावी छ ।
अध्यक्ष दाहालले आफूले पहिचान र अधिकारको मुद्दा नछोडेको पनि बताए ।।

leave a reply