ADVERTISING

Breaking News

ओलीले कार्यशैली सुधारेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा एमाले नेताहरुको जोड

काठमाडौ । नेकपा एमालेको खनाल नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी अधिकांश नेताहरुले अध्यक्ष केपी ओलीले कार्यशैली सुधार गर्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । संस्थापन पक्षले गरेको गुटबन्दी र विभाजनकारी गतिविधिको विरोधमा पार्टीलाई मजबुद बनाउने उद्देश्यका राष्ट्रिय भेला आयोजना गरिएको नेताहरुले बताएका छन् । नेकपा एमाले माधव समूहको राष्ट्रिय भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । ललितपुरको सानेपामा जारी नेपाल समूहको राष्ट्रिय भेलामा उपस्थित नेताहरुले अध्यक्ष ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका हुन् । नेता भिम आचार्यले पार्टी संस्थापन पक्षले गरेको गुटबन्दी र विभाजनकारी गतिविधिको विरोधमा पार्टीलाई मजबुद बनाउने उद्देश्यका साथ राष्ट्रिय भेला गरिएको बताए । भेलाले कम्युनिष्ट आन्दोलन कमजोर हुन नदिन अध्यक्ष ओली लगायत आम नेता, कार्यकर्तालाई आव्हान गर्ने उनले बताए ।
भेलामा सहभागी एमालेका अर्का नेता झपट रावलले पार्टी नेतृत्वले स्वेच्छाचारी गतिविधि सच्याउनुपर्ने बताए । नेतृत्वले अझै गल्ती गर्ने सम्भावना भएकाले दबाबका लागि भेला राखिएको उनको भनाइ छ ।
नेता ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीले चैत्र ७ गते आयोजना गरेको केन्द्रीय कमिटी बैठक स्थगित गरेर आफुहरु सहितको अर्को बैठक बोलाउनुपर्नेमा जोड दिए ।
नेकपा(एमाले)कि नेतृ समिना हुसेनले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले गलत नियतका साथ बिहीबारको संसदीय दलको बैठक राखेको बताउनुभयो । नेकपा(एमाले)लाई एकताबद्ध बनाउन ओलीको भुमिका हुनुपर्ने उहाँको भनाई छ ।
नेकपा(एमाले)का नेता मोहनचन्द्र अधिकारीले केपी शर्मा ओलीले वर्गिय दृष्टिकोण छोडेको आरोप लगाउनुभयो । ओली गुट परस्त मान्छे भएको र एकलौटी निर्णय गर्ने गरेको उहाँको भनाई छ ।
नेता अधिकारीले गुटबन्दी त्यागेर एकताको पहल गरे आफुहरु पनि गल्ती सच्याउन तयार रहेको बताउनुभयो ।

leave a reply