ADVERTISING

Breaking News

ला लिगा : रियल मड्रिडले इल्चेलाई २–१ गोलले हरायो

एजेन्सी : स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रहेको रियल मड्रिडले जित निकालेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा रियलले इल्चेलाई २–१ गोल अन्तरले हराएको हो ।

रियल मड्रिडका लागि दुवै गोल करिम बेन्जिमाले गरे । उनले खेलको ७३औँ र इन्जुरी समयको पहिलो मिनेटमा गोल गरे । एल्चीका लागि ६१ औँ मिनेटमा काल्भो सान्रोमनले गोल गरेका हुन् । पछि परेको अवस्थामा रियललाई बेन्जिमाले जित दिलाएका हुन् ।

गएराति नै भएको खेलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिड गेटाफेसँग बराबरीमा रोकिएको छ । बराबरीपछि एथ्लेटिकोको ६३ अंक भएको छ । उ रियल मड्रिडभन्दा ६ अंकले अघि रहेको छ ।

दोस्रो स्थानमा रहेको रियलको २७ खेलबाट ५७ अंक भएको छ । एक खेल कम खेलेको बार्सिलोना ५६ अंकसहित तेस्रो स्थानमा छ ।

लिग अन्तर्गत शनिबार राति भएका अन्य खेलमा एलाभेस र काडिजले १–१ तथा ओसासुना र रियल भालाडोलिडले गोलरहित बराबरी खेलेका छन् ।

leave a reply