ADVERTISING

Breaking News

गोपाल किराँती र सन्ध्या तिवारीलाई पार्टीको नाम,चिन्ह फेर्न आयोगको प्रस्ताब

काठमाडौं । निर्वाचन आयोगले गोपाल किराँती नेतृत्वको माओवादी केन्द्र र सन्ध्या तिवारी नेतृत्वको नेकपा एमालेलाई नाम फेर्न प्रस्ताव गरेको छ । आयोगको मंगलबार बसेको बैठकले सर्वोच्च अदालतद्वारा फागुन २३ गतेको फैसलाअनुसार केपी शर्मा ओलीको अध्यक्षतामा रहेको नेकपा एमाले र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा रहेको नेकपा माओवादी केन्द्र २०७५ जेठ २३ गते अघिकै अवस्थामा कायम भएका कारण उक्त मिति पछि दर्ता भएका सोही नामका दुवै दललाई नाम परिवर्तनका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो ।

ओलीको नेतृत्वमा रहेको नेकपा एमाले र प्रचण्डको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएपछि आयोगको सूचीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र नामक दल नरहेकाले किराँतीले नेकपा माओवादी केन्द्र र तिवारीले नेकपा एमाले नाम लिएर दल दर्ता गराएका थिए ।

आयोगले मंगलबार विज्ञप्ति निकालेर नेकपा माओवादी केन्द्रको हकमा अर्को नयाँ नाम र चिन्ह तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी(लेनिनवादीको हकमा नयाँ नाम प्रस्ताव गरी १५ दिनभित्र सुधारसहितको विवरण पेश गर्न भनेको छ।

leave a reply