ADVERTISING

Breaking News

प्रतिनिधिसभाको बैठकमा भीम रावलको प्रश्न: यो कसको सरकार हो ?

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधि सभाको बैठक सुरु भएको छ। सर्वोच्च अदालतले पुनःस्थापना गरेपछि पहिलो पटक प्रतिनिधिसभा बैठक बसेको हो। बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल-नेपाल पक्षका सांसद भीम रावलले सरकार कसको सरकार हो भनेर प्रश्न गरेका छन्।

‘यो कसको सरकार हो ? वर्तमान प्रधानमन्त्री कुन पार्टीको हो ?,’ उनले भने, ‘यो सरकारले अध्यादेश ल्याउन पाउने कि नपाउने भन्ने त्यसपछि कुरा गर्न सकिन्छ।’ साथै रावलले सभामुखसँग कार्यसूची परिवर्तन गर्न भनेका छन्। सरकारले वैद्यता गुमाइसकेको उनले बताए।

उनले बोलिरहेका बेला नेकपा ओली पक्षका सांसद खगराज अधिकारीले नियमापत्ति जनाएका छन्।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। तर फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै पुनःस्थापनाको फैसला गरेको थियो।

leave a reply