काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा पार्टी विवादबारे सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक आएको टिप्पणी गरेका छन्। संघीय संसद सचिवालय अगाडि पत्रकारहरूको प्रश्नमा प्रचण्डले सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टीबारे गरेको फैसलाको राम्रोसँग अध्ययन गर्न बाँकी नै रहेको बताए।
सर्वोच्चको फैसलापछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले अपेक्षा गरेभन्दा फरक फैसला आएकोले राम्रोसँग अध्ययन नगरी अहिले टिप्पणी गर्ने बेला नभएको बताए ।