ADVERTISING

Breaking News

बाँसबारी क्लब श्री कुमारी क्लबसँग गोलरहित बराबरीमा रोकियो

काठमाडौं:  राजधानीमा जारी सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा बाँसबारी र श्री कुमारी क्लव बराबरीमा रोकिएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बाँसबारी र कुमारीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । बराबरीसँगै बाँसबारीले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । ७ खेलबाट १५ अंक जोडेको बाँसबारी तेस्रो स्थानमा रहेको छ । ७ खेलमा ७ अंक जोडेको कुमारी आठौं स्थानमा रहेको छ ।

leave a reply