ADVERTISING

Breaking News

यूके मास्टरसेफका उपविजेता सन्तोष साह नेपालमा

काठमाडौ । यूके मास्टरसेफ प्रतियोगिताका उपविजेता सन्तोष साह नेपाल आइपुगेका छन् । बिहिबार काठमाडौं आइपुगेका साहलाई त्रिभुवन विमानस्थलमा नेपाल पर्यटन बोर्ड, द ग्लोबल एकाडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन, भ्वाइस अफ सेफका सदस्यहरु लगायत विभिन्न संघसंस्थाले स्वागत गरेका थिए ।

साह प्यासिफिक एसिया ट्राभल एशोसिएशनको कार्यक्रममा मुख्य वक्ताका रुपमा सहभागी हुन नेपाल आएका हुन् ।यूके मास्टरसेफ प्रतियोगितामा नेपाली खाना प्रस्तुत गरेर चर्चित बनेका साहलाई उक्त कार्यक्रममा पाटा पर्सनालिटी अफ द इयरले पनि सम्मानित गरिनेछ ।

दुई महिना नेपाल बसाइका क्रममा उनले नेपालको विभिन्न भागमा पुगेर आफ्नो नयाँ किताबको लागि रिसर्च गर्ने बताएका छन् ।
सिरहाको कारजन्हाका जन्मिएका ३५ वर्षीय साह जिबनको बिभिन्न आरोह अबरोहका बिच अहिले कमैथलो बनाएर बेलायतमा बस्दै आएका छन् ।

leave a reply