ADVERTISING

Breaking News

सर्वोच्चको फैसला प्रशंसनीयः माधवकुमार नेपाल

काठमाडौं:  नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेर सर्वोच्च अदालतले अदालतको गरिमा बढाएको बताएका छन । उनले सर्वोच्चको फैसलाले प्रधान न्यायाधीशलगायत सबै न्यायाधीशज्यूहरुको पनि प्रतिष्ठा बढाएको बताएका छन । अदालतले आम नेपाली जनताको चाहना, संविधानको प्रावधान, मूल्य र मान्यता, त्यसको व्याख्यालाई सहि ढंगले अगाडि सार्ने काम गरेको उनको भनाई थियो ।
अध्यक्ष नेपालले अब प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा रहेका दलहरुको संयुक्त सरकार बनाएर अगाडि बढ्ने बताए ।

leave a reply