ADVERTISING

Breaking News

नगरपालिकाले सहयोग नगरेको भन्दै सडकमा टमाटर फालेर प्रदर्शन

पश्चिमी नवलपरासी: पश्चिमी नवलपरासीको वर्दघाट नगरपालिकाका किसानले तरकारी फालेर विरोध प्रदर्शन गरेका छन । नगरपालिकाले स्थानीय उत्पादनको विक्री वितरणलाई व्यवस्थित नगरेर किसानलाई असहयोग गरेको भन्दै उनीहरुले नगरपालिका कार्यालय तथा बाटोमा टमाटर फालेर बिरोध तथा पदर्शन गरेका छन् ।

वर्दघाट नगरपालिकाले किसानहरुलाई स्थानीय स्तरमा उत्पादित कृषि, पशुपन्छि र दुग्ध जन्य सामग्रीको विक्री वितरण व्यवस्थित बनाउने आश्वासन दिएको थियो । यसैगरी नगरपालिकाले अनुदानको समेत आश्वासन दिएकोमा पुरा नगरेपछि किसानहरु आक्रोसित बनेका हुन । बिरोधको क्रममा किसान र नगर प्रहरीबीच झडप समेत भएकोे छ ।

leave a reply