ADVERTISING

Breaking News

संसद विघटनविरुद्ध दलित संगठनको सडक अन्तरक्रिया

काठमाडौ । नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिले प्रतिनिधिसभा विघटनविरुद्ध सडक अन्तरक्रिया आयोजना गरेको छ ।
आइतबार माइतीघरमा संगठनले सडक अन्तरक्रिया गरेको हो । विरोध ¥यालीसहित संगठनले सरकारको ‘असंवैधानिक र प्रतिगमनकारी कदमका विरुद्ध’ सडक अन्तरक्रिया गरेको जनाएको छ । प्रधानमन्त्रीको कदमले आफुहरुको अधिकार हनन भएकाले अधिकार स्थापीत गर्न सडकमा आउनुपरेको संगठनको भनाई छ ।
अन्तरक्रियामा सहभागीहरुले संसद पुर्नस्थापना गर्नुपर्ने भन्दै नारावाजी समेत गरेका थिए ।

leave a reply