ADVERTISING

Breaking News

द्रौपदी माता

  • बिश्व उलक

महाभारतका सर्वाधिक चर्चित पात्र द्रौपदीलाई बेद ब्यासको पुराणमा भगवती (ईश्वरी) को अवतार बारे मौन रहेको छ । नारद पुराण, वायु पुराण र गरुड पुराण आदीमा द्वापर युगमा पार्वतीले शक्तीस्वरुप दुर्गा, काली जस्तै शक्तीशाली नारीको श्रृष्टीमा पाञ्चाल नरेशबाट सन्तानको लागी प्रार्थनार्थ गर्नु भएको यज्ञको ज्वालाबाट द्रौपदीको रुपमा जन्म लिनु भयो । द्रौपदीले धरतीमा बढदै गएको अन्त्य गर्न बिभित्र पाँच देवीहरु, धर्मका अर्धाङ्गीनी “श्यामला”, वायुका अर्धाङ्गीनी “भारती”, इन्द्रका अर्धाङ्गीनी “साची”, आश्विनीका अर्धाङ्गीनी “उषा” र अग्नीका अर्धाङ्गीनी “स्वाहा” हरुको अंश लिएर जन्मनु भएको थियो । पाण्डु पत्नी कुन्तीका आध्यात्मिक पतिहरु धर्मबाट युधिष्ठीर, वायुबाट भिमसेन, इन्द्रबाट अर्जुन र आश्विनीबाट नहकुल र सहदेव जन्मिएका थिए । द्रौपदीको पाँच पाण्डव लोग्ने हुनुको पछाडी पाँच देवीहरुको अंश थियो । रामायण र महाभारत पुराणहरुमा बिबाह पश्चात पनि पञ्च कन्याहरु ठहरिएका मध्य द्रौपदी पनि एक कन्या हुन् ।

No description available.द्रौपदी, अन्यायको विरोधमा काली र दुर्गा जस्तै विभिन्न रुप धारण गर्ने र आवश्यकीय शक्तिको परिचालन गर्न सक्ने क्षमता राख्दथिइन् । उनले आपतमा साचीले जस्तै उद्धार कार्यमा सहायक हुने, भारतीले जस्तै सत्यताको पहिचान लुकाउने चतुर्‍याईं भएका, श्यामलाले जस्तै प्रदूषणलाई सजिलै ग्रहण गर्ने र उषा जस्तै सुन्दरता प्रदर्शण गर्ने क्षमता राख्द थिइन् । लोकउक्तीमा द्रौपदीलाई माहाकालीको नामले पुकारिन्थ्यो जस्ले कृष्णरुपी माहांकाललाई अन्यायको अन्त्य गर्न सहायक बने ।

लाक्षगृहबाट भागेर गएका पाण्डवहरुले द्रौपदी स्वयम्बरको घोषाणा बारे थाहा पाए । अनुपन सौन्दर्य र अतिआकर्षक शारीरिक बनौटले गर्दा हरेकजसो पुरुषको सपनाकी रानी थिईन । तल पानीको छायाँमा हेर्दै माथि रुखमा झुण्ड्याईएको माछाको आँखामा वाँण हानेर अर्थात मत्स्यबधको सर्त पुरा गरेर अर्जुनले उनलाई स्वयम्बरमा प्राप्त गरे । तर, आमाको आदेश शिरोपर गरेर उनलाई पाँच दाजुभाइकी शाझा पत्नी बनाइदिए ।

आमा कुन्तीबाट बाँडेर लिनु भत्रे आदेशानुसार द्रौपदी, पाँच पाण्डवहरुको बिच एक एक वर्ष पालै पालो बस्ने भइन् । युधिस्थिरको पालोमा द्रौपदीसंग सयन कक्षमा बसेको समयमा भिमसेन झुक्किएर भित्र पसे । भित्र उनले युधिस्थिर घुँडा टेकी द्रौपदीलाई सेवा गरिरहेको देखे । यो दृष्य देखेका भिमसेन कृष्ण कहाँ पुगे र आफुले देखेको सुनाए । कृष्णले एउटा रुख देखाएर एक रात रुखमाथि चढेर तलतिर हेरेर बस्न अह्राए । सोही अनुसार एक साँझ भिमसेन रुख माथि बसे । रात परेपछि रगत सहितको कटारो लिएर द्रौपदी रुख मुनी बस्न आइन् । द्रौपदी गइसकेपछि भिमसेन रुखबाट ओर्लेर सिधै आमा कुन्तीकोमा जाहेरी गर्न पुगे । कुन्तीलाई थाहा थियो द्रौपदी कालीको रुप थियो । उनले भिमसेनलाई सम्झाइ पठाए । द्रौपदी, कुन्तीकोमा बिहानको दर्शणमा आउँदा आफ्ना सन्तानहरुमा कुनै आँच नपुर्‍याउने बाचाबन्धन गराईन । द्रौपदीसँगको विवाहपछि पाण्डवहरुको शक्ति बढ्यो । डराएर दुर्योधनले अंशमा पाण्डवहरुलाई ईन्द्रप्रस्थ नामक राज्य दिए । ईन्द्रप्रस्थलाई पाण्डवहरुले अत्याधुनिक र सुन्दर बनाए ।

युधिस्थिरले धर्मपालनाका नाममा जुवामा द्रौपदी सहित सबैहारे र भाईहरुसहित उनलाई लिएर बाह्र वर्ष वनवास र एक वर्षे गुप्तवासमा हिडे । एक बर्षे गुप्तबास हालको खोपासीमा रहेको बिराट राजाको दरवारमा बसेका थिए । गुप्तबासमा आएका पाण्डु पुत्रहरुले रोसी र शलाण्डु नदीको दोभानमा रहेको ओडार पञ्चकन्यामा आ–आफ्ना हतियारहरु लुकाएर कामको खोजीमा दरवार क्षेत्र प्रवेश गरे । सबैले आ–आफ्नो क्षमता अनुसारको काम छिट्टै भेट्टाए । युधिष्ठिरले कंकको उपनामले मूख्य दरवारमा बिराट राजाको सल्लाहकारको काम पाए । भिमसेनले बल्लबको नामले भाञ्छेको काम पाए र दरवारको भाञ्छा घर मयलबोटमा खटिए । अर्जुनले महिलाको भेषमा बृहत्रलाको नामले नर्तकीको काम पाए र ठाडो पाटी अगाडीको दरवारको नात्यशालामा खटिए । नहकुलले ग्रान्थिकाको नामले दरवारको पस्थली स्थित घोड तबेला र सहदेवले तान्तिपालाको नामले खल्थलीको गाई गोठ ब्यबस्थापनको जिम्मा पाए । द्रौपदीले शैलेन्द्रीको नामले महारानीको आयाको काम पाए र दरवारमा नै बस्ने भइन ।

दिदी महारानीको दर्शन क्रममा सेनपती किंचकले द्रौपदीलाई देखे । द्रौपदीको रुप र सौंदर्य प्रति किंचकको कुदृष्टि पर्‍यो । किंचकले द्रौपदीसँग आफ्नो ईच्छ्या पुरा गर्ने अवसर खोज्न थाल्यो । एक दिन द्रौपदी हालको पांङ्गे टोलको ढुङ्गे धारामा नुहाउन गएको मौका छोपी आफ्नो बहसमा लिन खोजे । द्रौपदी, किचंकको गिद्धे पञ्जाबाट फुत्केर पाटीखर्कको खोंच तर्फ भाग्न सफल भइन् । भाग्ने क्रममा ठूलो पानी पर्‍यो र खोला बग्न थाल्यो । किंचकले द्रोपदीलाई देख्न सकेनन् र फर्किए । गुप्तवासको क्रममा द्रौपदीले आफ्नो नाम शैलेद्री राखेकी थिईन । शैलेद्री लुकेको खोला भएको त्यस खोलाको नाम शैलेद्री रहन गयो । शब्दको अपभ्रंस हुदै अहिले त्यो खोलाको नाम शलाण्डु भएको छ ।

द्रौपदीको जवानी प्रती किंचक अवसरको खोजीमा कालो बादल सरह मडारी रह्यो । द्रौपदीले भिमसेनलाई किंचकको हरकत सबै सुनाए । द्रौपदी र भिमसेनको योजना अनुसार द्रौपदीले किंचकलाई एक रात नृत्यशालामा भेटन निम्तो दिए । योजना मुताविक द्रौपदी, बेसी गह्राको पश्चिम तर्पmको डाँडाको टुप्पोमा गएर बसिन भने भिमसेन साडी लगाएर महिलाको भेषमा नृत्यशालामा गए । द्रौपदीलाई समात्न गएका किंचक भिमसेनको पञ्जामा परे र मृत्युवरण गरे । किंचक मारीसकेपछि तुरुन्तै भिमसेन द्रौपदी भएतर्फ लागे । डाँडाको फेदीमा के पुगेका थिए कुखुराको भाले बासेर बिहानीको संकेत दिए । योजना अनुसार द्रौपदी र भिमसेन आ–आफ्नो बसेको र पुगेको स्थानबाट अन्तरध्यान हुदै आ–आफ्नो कार्यक्षेत्रमा पुगे । दरवारले हत्यारा पत्ता लगाउन सकेन र नृत्यशाला बंन्द गरी किंचक बढशालाको नाम दिए ।

गुप्तवास अवधी समाप्तीको साथ पाण्डवहरुले बिराट राजालाई आफ्नो परिचय दिए । बिराट राजा खुसीले भाव विव्हल भए भविष्यमा सहायक बत्र प्रण गरे । सोही शर्त बमोजिम राजा बिराट र उनका सेनाले महाभारतको युद्धमा पाण्डवको पक्षमा लडाई लडे ।

कृष्णले महाभारतको लडाईमा घटोत्कच र नाग कन्या अहिलवतीका पुत्र बर्बरिक एक शक्तिसाली लडाकु देखे । कृष्णले छलगरेर बर्बरिकसँग उनको शिर मागे । बाचाबन्धनमा परेका बर्बरिकले शिर दान दिए तर आफुलाई कुरुक्षेत्रको युद्ध हेर्ने ईच्छ्या ब्यक्तगरे । बर्बरिकको ईच्छ्या अनुसार कृष्णले उनको टाउकोलाई कुरुक्षेत्र नजिकको पर्वतको शिखरमा लगेर स्थापित गरे जहाँबाट महाभारतको लडाई सजिलै देखिन्छ । युद्ध समाप्त भएपछि युद्ध कसरी जितियो भनि पाण्डव दाजुभाईहरुमा बहस सुरु हुन थाल्यो । भगवान कृष्णले यस कुराको निर्णय गर्न बर्बरिकको शिर पर्वतको शिखरमा राखिएको बताउनुभयो । सबैजना बर्बरिकसँग सोध्न पर्वतमा पुगे । बर्बरिकले युद्धमा भगवान कृष्णको सुदर्शन चक्र मात्र युद्धरत भएको र माहाकलीरुपी द्रौपदीले कटारोमा रगत थाप्दै खाँदै गरिरहेको देखेको बताए ।

पाण्डवहरुको संगत गरेका, महाभारत युद्धको अनुभव बटुलेका तथा बर्बरिकको कुरा सुनेका राजा बिराटले हालको खोपासीको बजार माथीको डाँडा जहाँ किञ्चक बढको समय शैलेन्द्री लोप भएको स्थानमा द्रौपदी मातालाई ईष्टदेवीको प्रतीमूर्ती स्वरुप सानो ढुंगा स्थापना गरि देवी मानी पुजा प्रार्थन गर्न थाले । जुन स्थानलाई देवी स्थान पनि भनिन्छ ।

यहाँका मनिसहरु राजा बिराटलाई किराती राजा यलम्बर पनि भन्दछन् । राजा यलम्बरले आफ्ना साला बानासुर (किंचक) का शत्रु ग्वालाहरु सहितका राजा भूवन सींंलाई काठमाडौंबाट हटाउन यीनै द्रौपदी लाई देवी मानी युद्ध तयारीका लागी आराधना तथा युद्धका अभ्यास गरे । द्रौपदी माताको आराधनाबाट शक्ति प्राप्त गरी बिराट सेनाहरुले राजा भूवन सिं सहितका ग्वालाहरुलाई काठमाडौंबाट धपाई किरातहरुले आफ्नो शासन क्षेत्र विस्तृत गरे । युद्ध अभ्यासको सम्झनामा अझसम्म पनि माघे संक्रान्ति दिनमा देवी स्थानको बारीमा हल्ले खेल्ने चलन छ ।

स्थानियहरुले किरातकालमा द्रौपदी र भिमसेनको नाममा स्थापित शिला (ढुंगा) मा दैनिकी पुजा गर्न थाले । मल्लकालमा पनौती, बनेपा र भक्तपुर बाट आएका नेवारहरुले द्रौपदी र भिमसेनको स–साना ढुंगाका मूर्तीहरु बनाई राजा बिराटले स्थापना गरेको शिला (ढुंगा) को अगाडी मूर्तीहरु स्थापना गरी सुन्दरता दिए । मन्दिरलाई राम्रो बनाउनेमा पृथ्वीमान शाक्यको नाम सुत्र पाइन्छ । परापूर्व काल देखी नै यहाँ बली तथा पञ्चबली सहितका पुजा गर्ने चलन रहेको पाइन्छ । किरात कालिन संस्कृतीमा स्थापित भएको हुँदा देवीको रुपमा स्थापित गरे पनि ईश्ररीको नाम द्रौपदी माई रहेको छ । यस क्षेत्रलाई देवी स्थान पनि भनिन्छ जहाँ देव, देवीहरु प्रतिस्थापन गरिएका छन । स्थानिय ब्यक्ती वा परिवारहरु ठूलो, सानो काममा द्रौपदी माई लाई ईष्ट देवता मानी आराधना गरि सुरुवात गर्ने चलिआएकोछ । स्थानिय नेवार तथा जनवातीहरुले हरेक शनिवार र मेला पर्वमा दाफा भजन गर्ने र बिशेष तिथीका दिन साँझमा अन्य जातकाहरुले खैजडी बाजा सहितका भजन गर्ने र दसैको नवरथ भरि दुवै पक्षले भक्तिभाव सहित भजन गर्दै आएका छन् । अफसोच राजनैतिक द्वण्दले भजनहरुमा ह्रास आएपनि केही बर्ष यता द्रौपदी महिमा बुझेपछि भक्तालुहरुको श्रद्धा बढन थालेको छ ।

leave a reply