ADVERTISING

Breaking News

कलंकीबाट अष्टलक्ष्मी शाक्यसहित दाहाल-नेपाल समूहका कार्यकर्ता पक्राउ

काठमाडौं : नेकपा दाहाल–नेपाल समूहले आज देशव्यापी आमहड्ताल गर्दै छ । सरकारको कदमविरुद्ध आमहड्ताल जस्तो कार्यक्रम गर्न बाध्य भएको भन्दै सो समूहले आमहड्तालमा सहयोग गर्न सबैसँग आग्रह पनि गरेको छ ।

यसैक्रममा आम हड्ताल सफल बनाउन सडकमा उत्रिएका नेकपा दाहाल-नेपाल समूहका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले कलंकीबाट नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसहित अन्य नेता कार्यकर्तालाई पक्राउ गरेको हो । दाहाल-नेपाल समुहले नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो ।

आमहड्तालमा प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रहरीका अनुसार हालसम्म बन्द गराउँदै हिँडेका केही कार्यकर्ताहरुलाई सोह्रखुट्टे, महाराजगञ्ज र नयाँ बानेश्वरबाट समेत पक्राउ गरिएको छ ।

गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो ।

leave a reply