ADVERTISING

Breaking News

अख्तियारका आयुक्त गणेश राज जोशीले दिए राजीनामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् । अख्तियारको प्रमुख आयुक्तमा पूर्व गृहसचिव समेत रहेका प्रधानमन्त्री केपी ओली निकट प्रेमकुमार राई नियुक्त भएसँगै उनले राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन् । आयुक्त भएपनि पछिल्लो समय कार्यबाहकका् भूमिकामा रहेका जोशीले संविधानको धारा २३८ को उपधारा ४ को खण्ड क बमोजिम राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि बुधबार बिहान  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेमकुमार राईलाई अख्तियारको प्रमुख आयुक्तमा नियुक्त गरेकी थिइन्।

leave a reply