ADVERTISING

Breaking News

वागमती प्रदेश प्रधानमन्त्री कपको सेमिफाइनलमा, सुुदुरपश्चिम बाहिरियो

काठमाडौ । वागमती प्रदेश प्रधानमन्त्री कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार वाग्मती प्रदेश र लुम्बिनी प्रदेशबीचको रोमाञ्चक खेल बराबरीमा सकिदा सात अंकका साथ वाग्मती प्रधानमन्त्री कपको सेमिफाइनलमा पुगेको हो । बराबरीपछि लुम्बिनीको सेमिफाइनलको यात्रा भोली हुने नेपाल प्रहरी र प्रदेश दुईबीचको खेलले तय गर्ने भएको छ । प्रहरी हारेको खण्डमा लुम्बिनी सेमिफाइनलमा पुग्नेछ । मुलपानी मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको वाग्मतीले ५० ओभरमा नौ विकेट गुमाएर २ सय २० रनको योगफल बनायो । जवाफमा २ सय २१ रनको लक्ष्य पछाएको लुम्बिनी ४८ ओभरमा सम्पुर्ण विकेट गुमाएर २ सय २० रनमा रोकियो र खेल बराबरीमा सकियो । अर्को खेलमा सन्जु धामीको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले प्रदेश दुईलाई प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा ३ विकेटले हराउदै सान्त्वना जित हात पारेको छ । यो हारमा प्रदेश दुई पनि सुदुरपश्चिम जस्तै समुह चरणबाटै बाहिरिएको छ । त्रिवि खेल मैदानमा भएको खेलमा प्रदेश दुईले ४२ ओभरमा सम्पुर्ण विकेट गुमाउदै १ सय ९५ रन बनायो । जवाफी व्याटिङमा उत्र्रेको सुदुरपश्चिमले ३३ ओभरमा सात विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्दै तीन विकेटको जित निकाल्यो । चार खेलमा एकमा जित निकाली सुदुरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ । लगातार तेस्रो हार बेहोरेको प्रदेश दुईले सोमबार समुह चरणको अन्तिम खेलमा नेपाल प्रहरीसँग खेल्नेछ ।

त्यस्तै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अर्को खेलमा सन्जु धामीको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले प्रदेश दुईलाई ३ विकेटले हराउदै सान्त्वना जित हात पारेको छ । यो हारमा प्रदेश दुई पनि सुदुरपश्चिम जस्तै समुह चरणबाटै बाहिरिएको छ । त्रिबि खेल मैदान कीर्तिपुरमा भएको खेलमा प्रदेश दुईले ४२ ओभरमा सम्पुर्ण विकेट गुमाउदै १ सय ९५ रन बनायो । टिमका लागि हरिशंकर शाहले ६० र विवेक यादवले ४१ रन बनाए । बलिङमा शेर मल्ल र नरेन्द्र सावदले तीन तीन विकेट लिए । लगातारको दोस्रो हार बेहोरिसकेको प्रदेश दुईले सेमिफाइनल पुग्ने झिनो संभावनालाई कायमै राख्न जित जरूरी थियो । तर सुदुरपश्चिमले ३३ ओभरमा सात विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्दै ३ विकेटको जित निकाल्यो । सन्जु धामीले ५७ र खडक बोहराले ४३ रन जोडी टिमलाई जित दिलाए । चार खेलमा एकमा जित निकाली सुदुरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ । लगातार तेस्रो हार बेहोरेको प्रदेश दुईले सोमबार समुह चरणको अन्तिम खेलमा नेपाल प्रहरीसँग खेल्नेछ।

leave a reply