काठमाडौं: नेकपा दाहाल नेपाल समूहको स्थायि समिति बैठक आइतबार बस्ने भएको छ । शनिवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आन्दोलनका भावी कार्यक्रम तय गर्नका लागि भोली स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो । अन्य दलहरुसँग सहकार्य गरेर आन्दोलन गर्ने लगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा उपलब्ध स्थायी कमिटी सदस्यहरु बीचमा पार्टीको ९ गतेको विरोध सभाको समिक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल मात्रै भएको नेताहरुले बताएका छन । शुक्रबार दाहाल नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो ।