काठमाडौं : नेकपाको दाहाल नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेका छन् । काठमाडौको विभिन्न नौ स्थानबाट निस्किएका जुलुस सहितको प्रदर्शन रत्नपार्कस्थित पुरानो बसपार्क अगाडि पुगेका थिए ।
विरोध प्रदर्शन सहितको र्यालीलाई नेतृत्व गरेका नेकपा सो पक्षका नेताहरुले प्रधानमन्त्रीले असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गरेको र त्यसको विरुद्ध सडकमा आएको बताएका थिए ।
संबिधान बिपरित संसद बिघटन गर्ने काम भएकाले प्रधानमन्त्री केपी ओलीले आफूहरूलाई सडकमा आउन बाध्य बनाएको प्रदर्शनमा सहभागीहरुले बताएका छन् ।
प्रधानमन्त्रीले संसद बिघटन गरेर निर्वाचनको घोषणा गरेपछि नेकपा दुईपक्षमा बिभाजित भएको छ भने दाहाल नेपाल पक्षले निरन्तर आन्दोलन गर्दै आएको छ ।