काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई शुभकामनासहित बधाई दिएका छन् ।
बाइडेनले बुधबार राति ४६ औँ राष्ट्रपति पदको सपथग्रहण गरेलगत्तै प्रधानमन्त्री ओलीले उनलाई कार्यकाल सफलताको शुभकामना तथा बधाई दिएका हुन् ।
ट्वीटरमार्फत दिएको शुभकामना तथा बधाई सन्देशमा ओलीले दुई देशबीच पारम्पारिक रूपमा न्यानो र मैत्रीपूर्ण सम्बन्धलाई अझ् सुदृढ पार्दै सँगसँगै काम गर्न चाहेको उल्लेख गरेका छन् ।
I extend warm congratulations to @JoeBiden on his assumption of office as the 46th President of the USA. I wish him a successful tenure of office. I look forward to working closely with him in further strengthening traditionally warm and friendly ties between our two countries.
— K P Sharma Oli (@kpsharmaoli) January 20, 2021