मोरङ : मोरङको रंगेली नगरपालिकाले बजार क्षेत्रमा चोरी र अपराधिक घटना नियन्त्रणका लागि सीसी क्यामरा जडान गरेको छ । नगरपालिकाले जडान गरेको क्यामरा निगरानी गर्ने जिम्मेवारी इलाका प्रहरीका कार्यालय रंगेलीलाई दिइएको छ ।
नगरले १५ महिना अघि जडान गरेका क्यामरा पुन सञ्चालन गरेर रंगेली प्रहरीको जिम्मा लगाइएको हो । अहिले नगरपालिका परिसर, कालिमन्दिर, भोटुवावुचोक, रंगेली बसपार्क र मोरिया पुलमा रहेका क्यामरा सञ्चालनमा आएका छन् ।
चार नम्बर वडा कार्यालय, चिस्याङ खोला, बक्राह पुल, मधुवनी चोक र पिपलचोकमा पनि क्यामरा थप भए अपराधिक गतिविधि निगरानीमा सहज हुने प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।
रंगेली नगरपालिकाले भने प्रहरीको समन्वयनमा अपराधिक घटना, चोरी र दुर्घटना न्युनिकरणमा क्यामराले सहयोग गर्ने विश्वास व्यक्त गरेको छ ।