ADVERTISING

Breaking News

ट्रम्पले निर्वाचनको नतिजा उल्टाउन दवाब दिएको अडियो सार्वजनिक

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दवाब दिएको अडियो सावर्जनिक भएको छ । जो बाइडेनको जितका लागि महत्वपूर्ण साबित भएको ‘स्वीङ्ग स्टेट’ जर्जियाका उच्च निर्वाचन अधिकारीलाई उनले आफ्नो जितका लागि चाहिने मत ‘निकाल्न’ दबाब दिएका हुन् ।

जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्पगरलाई टेलिफोन गरेर ट्रम्पले आफ्नो जितका लागि चाहिने मत निकाल्न भनेको अडियो सार्वजनिक भएको हो । द वासिङ्गटन पोस्टले आइतबार ट्रम्पले जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्पगरसँग गरेको एक घण्टा भन्दा लामो टेलिफोन संवाद सार्वजनिक गरेको हो ।

ट्रम्पले जर्जियामा बाइडेनले भन्दा आफूले धेरै मत पाएको घोषणा गर्न राफेनस्पगरलाई दबाब दिएका हुन् । टेलिफोन संवादमा राफेनस्पगरले ट्रम्पलाई उनले पाइरहेको धाँधली सम्बन्धी सूचना गलत रहेको बताएका छन् ।

त्यसमा ट्रम्पले सेक्रेटरी अफ स्टेट राफेनस्पगरलाई नतिजा उल्ट्याउनका लागि चाहिने ११ हजार, ७ सय ८० मत खोज्न भनेका हुन् । जर्जियामा बाइडेन ११ हजार ७ सय ७९ मतले विजयी भएका थिए ।

जर्जियामा तीन पटक मतगणना भएको थियो, त्यसमा बाइडेन विजयी भएका थिए । अमेरिकी राष्ट्रपति निर्वाचनमा तीन सय छ इलेक्टोरल मत सहित बाइडेन विजयी भएका थिए । पराजित ट्रम्पले २ सय ३२ इलेक्टोरल मत पाएका छन् । बुधबार अमेरिकी कंग्रेसले चुनावको परिणाम स्वीकार गरेपनि बाइडेलले जनवरी २० मा सपथ लिँदैछन् ।

leave a reply