ADVERTISING

Breaking News

थिमि नगरपालिकामा सम्पदा पदयात्रा २०२१ अभियान सञ्चालन

काठमाडौ । मध्यपुर थिमिलाई काठमाडौ उपत्यकाको आकर्षक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले मध्यपुर थिमि नगरपालिकाले सम्पदा पदयात्रा २०२१ अभियान सञ्चालन गरेको छ । प्राचीन बस्ती रहेको मध्यपुर थिमि नगरपालिकाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, जीवन्त कला देखाउँदै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०२१ को जनवरी १ मा सम्पदा पदयात्रा गरिएको हो । पदयात्राका क्रममा निर्माण भएका पाटीपौवा, पोखरी, मन्दिर, पार्क, ढुङ्गेधारा, सत्तल लगायत सबैको अवलोकन गर्ने र त्यसका आधारमा पर्यटकीय गन्तव्यको रुपमा विकास गरी घोषणा गर्ने थिमी नगरपालिकाको तयारी छ ।
जनप्रतिनिधि आइसकेपछि पुनर्निर्माण, जिर्णोद्धार तथा निर्माण भएका सम्पदाहरुको पदयात्रा मार्फत हेर्ने र त्यसको आधारमा मध्यपुर थिमि नगरपालिका पर्यटकीय गन्तव्यको लागि लायक भयो भन्ने पुष्टि गर्न पदयात्रा गरिएको नगरले जनाएको छ । धिमे बाजा र बाँसुरी बाजाका साथ सुरु गरिएको सम्पदा पदयात्रा मध्यपुरथिमिको शंखधर चोकबाट सुरु भएको तीन घण्टा लामो पदयात्रा विभिन्न सम्पदाको अवलोकन गर्दै बोडेको द्योः स्क्वायरमा पुगेर समापन भएको थियो । सम्पदा यात्रामा जनप्रतिनिधि, नेपाल पर्यटन बोर्ड, हान र टानका प्रतिनिधिको पनि सहभागिता थियो ।

leave a reply