ADVERTISING

Breaking News

राष्ट्रिय सभा सदस्यहरुलाई स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाउन सभाध्यक्षको अपिल

काठमाडौ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको अधिवेशनमा उपस्थित हुने राष्ट्रिय सभा सदस्यहरुलाई स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाउन अपिल गरेका छन् । अध्यक्ष तिमिल्सिनाले पुस १७ गतेको बैठकका लागि संघीय संसद सचिवालयले स्वास्थ्य मापदण्ड पुरा गरी आवश्यक तयारी गरेको बताए । संसद भित्रको तयारीले मात्रै कोभिड संक्रमण रोक्न पर्याप्त नहुने भन्दै उनले सम्पूर्ण राष्ट्रिय सभा सदस्यहरुलाई बैठक अवधिभर बाहिरी गतिविधिमा जाँदा सावधानि अपनाउन आग्रह गरे ।
राष्ट्रिय सभाको अधिवेशन यही पुसा १७ गते अपरान्ह ४ बजे आव्हान भएको छ । प्रतिनिधि सभा विघटनपछि पहिलोपल्ट बस्न लागको राष्ट्रिय सभाको यस अधिवेशनलाई राजनीतिक वृत्त तथा आम नागरिक तहले चासोका साथ हेरिएको छ ।।

leave a reply