काठमाडौं । बेलायतबाट आएका ५ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । संक्रमितलाई पूरानो खालको कोरोना भाइरस हो वा नयाँ खालको भाइरस भन्ने प्रष्ट नभएको अधिकारीहरूले बताएका छन् ।बेलायतबाट आउने नागरिकलाई अनिवार्य रुपमा १० दिनसम्म क्वारेन्टिनमा बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आह्वान गर्दै आएको छ । बेलायतबाट आएर क्वारेन्टिनमा बसेका मध्ये ५ जनालाई लक्षण देखिएपछि परीक्षण गरिएकोमा उनिहरुको रिपोर्ट पोजेटिभ आएको हो । इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा ९इडिसिडी० का अनुसार अहिले उनीहरु राजधानीको विभिन्न होटेलमा क्वारेण्टिन बसिरहेका छन् । नयाँ किसिमको कोरोना भाइरस भएको पत्ता लगाउन उनीहरुको जिन सिक्विनिङ गर्नुपर्ने इडिसिडीले बताएको छ ।
बेलायतबाट आएका ५ जनामा कोरोना संक्रमण

Post navigation
Posted in: