ADVERTISING

Breaking News

सिन्धुली जिल्लालाई केन्द्र बनाएर लाखौं गाई गोरुको अबैध तस्करी

सिन्धुली । हिउँद लागेसँगै सिन्धुली जिल्लालाई तस्करीको केन्द्र बनाएर पहाडी जिल्लाहरुबाट लाखौंको संख्यामा गाई गोरुको अबैध तस्करी भैरहेको छ ।सिन्धुलीको मधेश र पहाडका नौ वटा जिल्लाहरुसँग सिमाना जोडिएकाले गाइ गोरुको तस्करी गरी भारतीय सिमासम्म पु¥याउने गरिएको छ । पहाडी जिल्लाका ग्रामिण बस्तीहरुबाट बृद्ध उमेरका गाई गोरु र बाच्छा बाच्छीहरु समेत सस्तो मूल्यमा खरिद गरेर भारततर्फ तस्करी हुने गरेको छ । गाई गोरु सगै बाच्छा बाच्छीको समेत अबैध तस्करी भएका कारणले पहाडी क्षेत्रमा गोरुको अभावमा किसानलाई भने खेतीपाति गर्न समेत समस्या हुने गरेको छ । जिल्लाको मरिण क्षेत्र,कमलाखोच क्षेत्र र कमलामाई नगरपालिकाको माईस्थान क्षेत्रबाट गाई गोरुको अबैध रुपमा तस्करी भैहरदा समेत प्रहरीले नियन्त्रणमा चासो देखाएको छैन ।

leave a reply