ADVERTISING

Breaking News

ग्याङ अफ फाेरले बिगारेकाे देश

  • केदार कोइराला

ओली, नेपाल र दाहाल तीन तिक महाविक । क्षमता, याेगदान र व्यक्तित्व स्वार्थै स्वार्थकाे आहाल । सिद्धान्त, आदर्श र सम्बन्ध नारद । लाेभ, माेह र क्राेध नकचराे । नकचराे नारदले दुर्गन्धकाे अहालमा पाैडी खेलेपछि अत्तर छर्केर सुगन्धित महसुसकाे नाटक । नेकपाद्वारा सिर्जित अस्थिर राजनीतिका हस्तित्रयले लाेकतन्त्रकाे उपहास गरे ।जनमतकाे अपमान गरे । बलिदानकाे अबमूल्यन गरे । मतियार बने नेपाली कंग्रेसका सभापति महामहीम शेरबहादुर देउवा । दल र राजनीति यतिबिघ्न दुर्गन्धित बन्ला भन्ने कसैले साेचेकै थिएन । लाेकतन्त्रलाई निजी पेवा ठान्ने र जनतालाई दास ठान्ने मनाेदसाबाट ग्रसित दलीय नेतृत्वकाे अवसान बाहेक अर्काे विकल्प रहेन अब । जनादेश खाेज्ने अधिकार गुमाइसकेकाहरूबाट ताजा जनादेशकाे आह्वान हास्यासपद बाहेक केही हाेइन । जनता यीनका गुलाम हुन् ? यीनले जे जे भन्याे त्यै गर्छन् जनता ? डा. रामहरीकाे आक्राेश खपीसक्नु थिएन । हेर्नाेस् बाबू यी त नेता हुँदै हाेइनन् अर्काकाे भात खाने भतुवा हुन् । अनि यस्ता भतुवाहरूबाट देशले काँचुली फेर्छ भनेर विश्वास गरी गरी पटक-पटक यीनै कुलंघारहरूलाई देशकाे तालाचावी बुझाउने हामी चैं पक्का मुर्ख हाैं है, याे मेराे मात्रै हाेइन तमाम मान्छेकाे भनाइ हाे ।रामहरी बाले अगाडि थप्नुभाे त्याे विचरा किष्नप्रसादले त्यसै मर्नेबेला राजनीति छाेड्या हाेइन नि ।

No description available.याे सप्ताह राजनीतिमा दुखान्त बाहेक किसुनजीकाे स्मरणले मनशान्ति गराउन राहत मिल्याे बाबू भन्दै डा. रामहरीबाले वर्तमान राजनीतिकाे यसरी व्याख्या गर्नुभाे मेराे मानसपटल अझै सन्तुलित हुन सकेकाे छैन । ल सुन्नुस्, ओलीले प्रचण्ड माधवसँग चित्त दुखाएर याे पार्लियामेन्ट डिजल्ब गरेकै हाेइन । क्या सजिलै विश्वास गर्छन् नेपालीहरू । ओलीकाे याे कदमकाे डिजाइन सिंगापुरमा भएकाे हाे । ओली र प्रचण्ड दुवैलाई भारत, अमेरिका र चाइनाले कठपुतली जस्तै गरी नचाइराका छन् । तीनटैकाे आ-आफ्नै स्वार्थ छ । महामारीले संसारकै अर्थतन्त्र चाैपट भैरहेकाेबेला चीन भने ढुक्कले आफ्नाे ढुकुनी बलियाे बनाउन व्यस्त छ । महामारीकाे असरै छैन चीनमा यतिवेला । ल कुराे गराैं भारतकाे माेदी विचरा त टाेटली फेलियर । यस्ताे बेलामा लद्दाखमा पचास हजार सेना खटाउन परेकाे छ याे भनेकाे भारतकाे अर्थतन्त्रमा ठूलाे भार हाे । तपाईंलाई भनाैं, लद्दाखमा खटिने एउटा सिपाहिकाे लागि एक कराेड खर्च आउँछ । ल भन्नाेस् पचास हजारलाई कति खर्च लाग्ला ? अर्काेतिर कालापानी नजिकै चीनले अर्काे क्याम्प थप्दै छ त्याे पनि भारतकाे लागि अर्काे हेडयाक हाे, त्यहाँ पनि सेना थप्नै पर्ने भएकाे छ । भारतलाई पाकिस्तानसँगकाे किचलाे छँदै छ ।

नेपालकाे नक्सा विवाद त बहाना मात्रै हाे । त्याे डिजाइन पनि चाइनाकै हाे । नेपाल-भारत विवाद गराइदियाे कालापानीमा आफु ढुक्कस‍ँग रणनीति बनायाे । ल अर्काे इन्ट्रेष्टिङ कुरा सुन्नुस् अमेरीकाले भुटानमा इजरायलीलाई पठायाे किन ? हाे, ल हेर्नाेस् भारतलाई अमेरिकाले इजरायलीमार्फत भुटानमा बसेर कन्ट्राेल गर्दैछ । भुटानमा इजरायली पठाउनुकाे मकसद लद्दाखमा चाइनालाई काउन्टर दिन भारतकाे सहयाेगकाे लागि हाे भनेकाे छ । त्याे भनेकाे चाइनाले श्रीलंकामा एमसीसी हटाउन सफल भएकाे छ नि हाे त्यस्काे काउन्टर हाे ।

विश्व राजनीतिलाई हेर्नुभाे भने थाहा हुन्छ अब विश्वमै ट्रेडिशनल राजनीतिक पार्टीकाे विकल्प खाेज्न थालिएकाे छ । फ्रान्सकाे नेतृत्व कसरी परिवर्तन भयाे ? सिंगाे युराेपकाे राजनीति हेर्नुस् कसरी नेतृत्व युवा र नयाँ पुस्तामा जाँदैछ । नयाँ विकल्पकाे तीव्र खाेजी भैरहेकाे छ । म त भन्छु प्रजातन्त्र कमजाेर बन्दै गएकाे छ । अमेरिका प्रजातान्त्रिक मुलुक, त्यहाँ राष्ट्रपति जस्ताे मान्छे जनमतकाे परिणाम मान्दिन भन्छ । अर्काे छिमेकी भारतकै कुरा गराैं माेदीकाे लाेकप्रियता अब रहेन, त्यहाँकाे कंग्रेसकाे हालत त देखिरहनु भएकै छ । अर्काे रमाइलाे पक्ष के छ भने सिंगाे विश्व महामरीबाट थिलथिलाे भएकाे छ ।

नयाँ-नयाँ भाइरसकाे चपेटामा शक्तिशाली राष्ट्रहरू घेरिँदै छन् । उता चीन हेर्नुस् त ढुक्कसँग आफ्नाे बजार विस्तारमा लागेकाे छ । विश्व बैंकका प्रतिनिधि युराेप भ्रमणमा निस्किन हिचकिचाउँछन्, बैइजिङ बैठकामा ढुक्कसँग पुगेका छन् । जहाँबाट काेराेनाकाे महामारी फैलियाे त्याे ठाउँ चैं सुरक्षित, अन्य सम्पन्न राष्ट्रहरू चैं असुरक्षित छैन त गज्जब ? हेर्दै जानुस् अब नेपाल विदेशी चलखेलका लागि रणभूमि भैसक्याे अब त के-के हुन्छ के-के । यी सबै तपाई्का राजनीतिक पार्टी भन्नेहरू त बिकेका छन् डलर,आईसी र यानमा । अनि जात्रा नभएर के हुन्छ ? हाे याे जे-जे भैरहेकाे छ त्याे हाम्राे नेपालकाे हितमा भैरहेकाे छैन । सबै खेलकाे रिमाेट विदेशीकाे हातमा छ । यी देखिएका नेकपाका तीन पात्र त प्यादा मात्र हुन् । देउवा त बसीबसी खान पल्केका स्वाँठ हुन् । यीनै ग्याङ अफ फाेरकाे वरिपरि राजनीति घुमिरहने हाे भने याे मुलुककाे दुर्दशा थपिने भन्दा बड्ता केही हुँदैन । साेध्नुहाेला के हाे त विकल्प ? त्याे सडकमा नेपाली झण्डा लिएर उत्रिएका थिए नि ‘इनफ इज इनफ’का केटाकेटीहरू हाे त्याे मुभमेन्टलाई नेतृत्व दिनसक्ने काेही निस्केन, त्याे मुभमेन्टलाई पनि दबाइयाे । तपाईंलाई राेचक कुरा सुनाउ, त्याे इनफ इज इनफकाे मुभमेन्टमा आठ-दश जना जति केटाहरू गगन थापाकाे टिसर्ट लगाएर आएका थिए, तिनीहरूलाई त्यहीँ त्याे टिसर्ट उतार्न लगाइयाे । याे भनेकाे नेता प्रतिकाे बहिस्कार हाे । कुनै पार्टीकाे झण्डा बेगर राष्ट्रिय झण्डा बाेकेर सभ्य र व्यवस्थित ढंगले विराेध प्रदर्शन गरेकाे त्याे जमात खाेइ ? कसले त्याे शक्तिलाई छिन्नभिन्न पार्‍यो थाहा छ ? यीनै गनाएका राजनीतिक दलले, हाे कि हाेइन खाेज्नुस् यदि तपाईं साँच्चै पत्रकार हाे भने । डा. रामहरीबाले दुई कप कफिमा आँधिबेरी नै ल्याइदिनुभाे ।

विश्वास नगराैं उहाँ तथ्य र तथ्याङ्कसहित प्रस्तुत हुनुभकाे छ, विश्वास गराैं आफैंले आफुलाई धिक्कार्नु पर्ने म त असमन्जसमा परें । उठ्दै गर्दा रामहरीबाले प्वाक्क भन्नुभाे पत्रकार भन्छाै, पत्रकारिता गर्छु भन्छाै, बालुवाटार र कार्की बैंक्वेटमै रूमल्लिरहेका छाै अलि भित्री तहसम्म छिर्ने प्रयास गर । हेर नेपालीहरू त गणेशमानले भनेजस्तै भेडा हुन्, यीनलाई केकाे राष्ट्र, किन राष्ट्रियता ? कम्युनिष्टका तीन टाउके र देउवाले सबकाे टाउकाे भुटेर चिउरासँग खाइसके । दुईतिहाई सिहाई, ताजा जनादेश फनादेशले केही लछारपाटाे लाग्दैन । भाे डा. रामहरीबा भन्दै म उठेर हिंडे बाका कुराले अझै मेराे मथिङ्गल ठेगानमा आएकाे छैन ।ॐ नम शिवाय:

leave a reply