काठमाडौं: नेकपाको दाहाल नेपाल समूहका नेताहरुले बिहीबार तत्कालिन एमालेको कार्यालय बल्खु पुगेर मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन । कम्युनिष्टहरु विच एकता आवश्यक छ भन्ने सन्देश दिन पुष्पकमल दाहाल ,माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल केन्द्रीय कमिटी बैठक लगत्तै बिहीबार बल्खु पुगेका हुन । माल्यार्पणपछि पत्रकारहरुसँग कुरा गर्दै नेताहरुले प्रतिनिधि सभा भंग गरेर आन्दोलनका उपलब्धि मास्ने षडयन्त्र गरिएको भन्दै त्यसलाई सफल हुन नदिने बताए ।
ओलीले अलोकतान्त्रिक र निकृष्ट व्यवहार गरेको भन्दै अब दृढतापूर्वक अघि बढ्ने नेताहरुको भनाइ छ । नेता त्रयले पार्टीलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता समेत जनाएका छन । बल्खुमा कम्युनिष्टहरुको भाव झल्कने राम्रो र आधुनिक भवन निर्माण गर्ने निर्णय पनि दाहाल नेपाल समूहले गरेको छ ।