ADVERTISING

Breaking News

७१० कोरोना संक्रमित थपिए, थप १२ जनाको मृत्यु

काठमाडौं:  नेपालमा पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ११७५ जना संक्रमित निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५३ हजार १८४ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ४२ हजार ५६७ जना पुगेको छ । हाल देशभर ८ हजार ८४० जना सक्रिय संक्रमित रहेका छन् भने मृतकको संख्या १७७७ पुगेको छ ।

leave a reply